माओवादीले टुंग्यायो मन्त्री र राज्यमन्त्रीको नाम, को को बन्दैछन् ?

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरु र राज्य मन्त्रीको नाम टुंग्याएको छ ।

केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको सरकारमा आफ्नो तर्फबाट सामेल हुने थप मन्त्री र राज्य मन्त्रीको नाम डुंगो लगाएको हो ।

माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निर्णय लिएको छ ।

माओवादीले बोधमाया यादवलाई राज्यमन्त्रीका रुपमा सरकारमा पठाउने निर्णय लिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन्।

माओवादीको भागमा शिक्षा, खानेपानी र भूमिसुधार मन्त्रालय परेका छन् । राज्य मन्त्रीका लागि भने मन्त्रालय पक्का भइनसकेको बताइएको छ।

पाँच दलीय गठबन्धनमा चार दलका लागि मंगलबारै मन्त्रीको भागबण्डा भइसकेको छ । यस्तोमा माओवादीले पाँच मन्त्रालय पाएको छ।

असार २९ गते देउवाले प्रधानमन्त्रीको सपथ लिएकै दिन माओवादीबाट ऊर्जा मन्त्रालयमा पम्फा भुसाल र अर्थमन्त्रालयमा जनार्दन शर्माले नियुक्ति पाइसकेका छन् ।

  • २० आश्विन २०७८, बुधबार २०:०० प्रकाशित