पूर्वाधार निर्माणमा प्रदेश सरकारले अभिभावकीय भूमिका खेल्छ : मन्त्री बराल

केन्द्रभाग मिडिया

पोखरा  ।
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले विकासका अत्यावसेक पूर्वाधार निर्माणमा प्रदेश सरकारले अभिभावकत्व बहन गर्ने बताएका छन् । पोखरा २२ (पुम्दी भुम्दी) स्थित कालाबाङको सङङाघ् ध्येजुलिङ गुम्बा समितिले बुधबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा वोल्दै मन्त्री बरालले प्रदेश बासीको अत्यावसेक पूर्वाधार निर्माणमा अभिभावकत्व बहन गर्ने बताएका हुन् ।

विगतको सरकारको समेत स्वामित्व लिदै आफुहरुले जनताको प्रथामिकताको आधारमा विकास निर्माणलाई तिव्रता दिने मन्त्री बरालले बताए । पोखरा २२ पुम्दी भुम्दीको पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण देखि रणनितीक महत्वका २ वटा सडक निर्माणलाई प्रदेश सरकारले बिषेश महत्व दिने उनले विश्वास दिलाए ।

उनले भने ‘पोखरा २२ को बृहत विकासको लागि पहिलो प्रथामिकताको आधारमा छोरेपाटन देखि विश्व शान्ति स्तुपा, लुकुन्स्वाँरा, कालाबाङ, भुम्दी, उल्लेखरी हुदै कुभिण्डेसम्मको सडक निर्माण तथा छोरेपाटन देखि फुर्सेखोला हुदै कुभिण्डेसम्म जोड्ने सडकलाई बहुबर्षीय योजनामा समावेस गरी छाड्छौंैं ।’ जिर्ण भएको उक्त गुम्बा उपयोग विहिन भएकोले गुम्बालाई प्रयोगमा ल्याउन मिल्ने गरी आवश्यक सहयोग गर्न पहल गर्ने मन्त्री बरालले बताए ।

अघिल्लो सरकारको पालामा अत्यावस्यक केही पूर्वाधार निर्माणको लागि प्रस्ताव पेश गरे पनि आफुहरुको माग सुनुवाई नभएको स्थानीयले मन्त्री समक्ष गुनासो गरेका थिए । उक्त योजनालाई आगामी बर्षमा पुरा गर्न उनीहरुले माग गरेका छन । साथै स्थानीयले पुम्दी भुम्दीकै भाई छोराको रुपमा अर्थ मन्त्री पाएकोमा खुसि व्यक्त गर्दै पुम्दी भुम्दीको विकासमा उनले खेलेको भूमिका प्रति आभार व्यक्त गर्दै अधुरा काम पुरा गर्न पहल गर्न आग्रह गरेका थिए ।

अर्थ मन्त्री बराललाई अब आफुहरुले कुनै पार्टी भन्दा माथि उठेर उनलाई प्रदेशको मुख्यमन्त्रीसम्म बनाउन आवश्यक सहयोग गर्ने स्थानीयले आर्शिवाद समेत दिएका थिए । पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले मन्त्री बरालले मन्त्री हुनु पूर्व देखि नै पुम्दी भुम्दीको विकासमा अगुवाई गर्दै आएको बताए । गुम्बा समितिका सल्लाहकार राजबहादुर गुरुङले एक सय मिटर टाडाबाट पनि मन्त्री देख्न नपाएका पुम्दी भुम्दीबासीले हाल आफ्नै घर गाउँको छोरालाई मन्त्रीको रुपमा पाउदा खुसिले गद्गद् भएको बताए ।

गुम्बा समितिका अध्यक्ष लोकप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष शर्मिला गुरुङ, सचिव कृष्ण गुरुङ लगायतले बोलेका थिए । २०४९ सालमा करिब ५० लाखको लागतमा निर्माण भएको उक्त गुम्बा हाल ढलाल चुहिने, कोठामा पानी रसाउने लगायतको समस्याले प्रयोग गर्न नसक्ने अबस्थामा पुगेको उपाध्यक्ष गुरुङले बताए ।

  • २० आश्विन २०७८, बुधबार १८:५९ प्रकाशित