छवि धुमिल्याउन छापा मारियो : मुख्यमन्त्री राउत

केन्द्रभाग मिडिया

जनकपर ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो छवि बदनाम गराउन छापा मारेको प्रतिक्रिया दिएका छन । साइकल खरिदमा कुनै अनियमितता नभएको भन्दै राउतले आफुलाई बदनाम गराउन छापा मारेको आरोप लगाएका हुन्।

प्रदेश सभालाई सम्बोधन गर्दे मुख्यमन्त्री राउतले आफु र प्रदेश सरकारलाई बदनाम गर्न षड्यन्त्र भएको बताए ।मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत साइकल वितरण कार्यक्रमलाई विवादित बनाउने राजनीति षड्यन्त्र भएको उनले आरोप लगाए ।

प्रदेश सभाबाट पारित बजेट कार्यान्वयन मुख्यमन्त्रीले गर्ने होइन, राउतले भने, ‘मुख्यमन्त्री र प्रदेश सरकारलाई जालझेल गरी बद्नाम गरिएको छ । सरकारविरुद्ध षड्यन्त्र भएको छ ।’

यस्तै प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिद प्रक्रिया र कम्पनीको नाम सार्वजनिक गरेको छ ।‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रालाई वितरणका लागि खरिद गरिएको साइकलमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको एक सातापछि साइकल खरिदसम्बन्धी सबै कागजात सार्वजनिक गरेको हो ।

साइकल खरिदको सबै प्रक्रिया कानुनबमोजिम नै भएको हो मुख्यमन्त्री कार्यालयले बताएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा पहिलो लटभन्दा दोस्रो लटको साइकल एक केजी हेभी र अत्याधुनिक रहेकाले प्रतिसाइकल खरिद मूल्य बढेको दाबी गरेको छ ।

  • २० आश्विन २०७८, बुधबार १४:३० प्रकाशित