६६ औँ प्रहरी दिवस: प्रहरीलाई दशैंका बेला चनाखो हुन प्रधानमन्त्रीको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले चाडबाडका बेला चनाखो हुन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

राजधानीमा आज(बुधबार) आयोजित ६६ औँ प्रहरी दिवस समारोहमा प्रधानमन्त्री देउवाले चाडपर्वका बेला हुने अपराधिक क्रियाकलाप रोक्नका लागि चलाख हुन प्रहरीलाई निर्देशन दिएका हुन् ।

विज्ञान र प्रविधिको जमानामा सङ्गठित एवं विद्युतीय सञ्जालमा आधारित भएर विश्वभरी फैलिएका अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो हुन निर्देशन दिएका हुन् । उनले प्रहरी सङ्गठनले थालेका सुधारात्मक प्रयासका रचनात्मक कार्यलाई सफल तुल्याई संस्थागत विकासमार्फत प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरे।

देउवाले प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन रहेकोमा पूर्ण विश्वस्त रहेको बताए । कर्तव्यपालनामा नेपाल प्रहरी अझै उच्च मनोबलका साथ कार्यसम्पादनमा खटिने विश्वास पनि व्यक्ति गरे।

६६ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रमको आयोजना भएको छ । कार्यक्रममा प्रधानमन्त्री, गृह मन्त्री लगायत उच्च पदस्थ व्यक्ति सहभागी रहेका छन् ।

  • २० आश्विन २०७८, बुधबार १३:३० प्रकाशित