माओवादी केन्द्रबाट को-को बन्दैछन् मन्त्री, यी हुन् मन्त्रीका दाबेदार

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा पठाउने मन्त्री बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । अहिले केहीबरेमा पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने छ ।

बैठकमा सरकार विस्तारका बारेमा छलफल हुने स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिए । गठबन्धनका दलहरु बिच मन्त्रालयको भागबण्डा मिलेसगै दलहरु मन्त्री छान्न लागेका हुन् ।

सरकार पहिलो चरणमा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालयमा मन्त्री पठाएको छ । सत्ता साझेदार दलहरूबीच हिजो मन्त्रालयको भागबण्डा टुंगिएको छ ।

यसअघि दुई मन्त्रालय पाइसकेको माओवादी केन्द्रले थप तीन मन्त्रालय पाउने भएको छ । उसले शिक्षा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी तथा सरसफाइ र कृषि तथा पशुपन्छी विकास गरी तीन मन्त्रालय पाउने सहमति भएको नेताहरूले बताएका छन् ।

माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय भने यसअघि नै पइसकेको छ । नयाँ मन्त्रालयका लागि हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई, सुदन किराती, जयपुरी घर्ती, अञ्जना विशंखे, शशी श्रेष्ठ, अमनलाल मोदी र शिवकुमार मण्डललगायतको नाम चर्चामा छ । पार्टीको भागमा परेको मन्त्रालयको संख्या थोरै र मन्त्री बन्ने आकांक्षी धेरै देखिएपछि माओवादी केन्द्रमा पनि मन्त्री छान्न सकस परेको छ ।

  • २० आश्विन २०७८, बुधबार १३:१२ प्रकाशित