फेसबुक बालबालिकाका लागि खतरनाक !

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्वाधिन प्रयोग हुने एप फेसबुक बालबालिकाका लागि निकै हानिकारक भएको फेसबुककी पूर्व म्यानेजर फ्रान्सिस हाउगनले बताएकी छिन् ।

फेसबुकमा प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले कम्पनिका गोप्य कुराहरू बताउँदै फेसबुक बालबालिका लागि खतरनाक भएको बताएकी हुन् । उनले फेसबुक कम्पनिले बालबालिकालाई हानी गर्छ भन्ने जानीजानी पनि मुनाफाका लागि त्यसतर्फ चासो नदेखाएको आरोप लगाएकी छिन् ।

उनले प्रविधि कम्पनीका वेबसाइट र एपहरूले बालबालिकालाई हानि पुर्‍याउने, विभाजनहरूलाई बढाउने र प्रजातन्त्रलाई कमजोर बनाउने अमेरिकी विधायकहरूसँग बताएकी छिन्।

फेसबुकले भने आफ्नो एपको बचाउ गरेको छ । उसले हाउगनमा यसबारे ज्ञानको अभाव रहेकाले ज्ञानबिनै बोलेको प्रतिक्रिया दिएको छ । तर फेसबुक कम्पनीमाथि प्रयोगकर्ताका गोपनीयता संरक्षण गर्नेदेखि गलत सूचना प्रवाह रोक्न पर्याप्त काम नगरेको र व्यक्तिगत विवरण चोरी हुने गरेको भन्दै आलोचना हुने गरेको छ।

२.७ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो।करोडौँ प्रयोगकर्ता सोही कम्पनीकै ह्वाट्सएप र इन्स्टाग्रामजस्ता अन्य उत्पादन चलाउँछन्।

हाउगनले फेसबुक आफै नसुध्रिने भन्दै अमेरिकी संसद् कङ्ग्रेसको हस्तक्षेप आवश्यक रहेको बताएकी छिन् ।

  • २० आश्विन २०७८, बुधबार १२:४६ प्रकाशित