कांग्रेस पौडेल समूहबाट यी हुन् मन्त्रीका दाबेदार

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । बुधबार दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेपछि पौडेल समूहले आफ्नो कोटाबाट मन्त्री बन्ने नाम टुंगो लगाउन छलफलमा जुटेको हो । यस पहिलो देउवाले आफु पक्षका नेता मात्र मन्त्री नियुक्ती गरेका थिए ।

पौडेल समूहमा मन्त्री बन्ने लाईन पाँच जनाको नाम छलफलमा प्रस्ताव गरिएको छ । सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, राजन केसी र तुलानारायण चौधरीको नाममा छलफल हुनेछ ।

जसमध्ये दुईजनालाई मन्त्रीका लागि सिफारिस गरिने ती पौडेल निकट एक नेताले जानकारी दिए । कांग्रेसमा सभापति देउवा र पौडेल पक्षले लाभका पदमा भागबण्डा गदै आएका छन् ।

  • २० आश्विन २०७८, बुधबार १२:४० प्रकाशित