प्रतिनिधिसभाको बैठक आज: एमालेले आज पनि नाराबाजी गर्नसक्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आइरहेको प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्ने भएको हो । आज पनि संसदमा एमालेले नारावाजी र अवरोध गर्ने संभावना छ । तर पनि सभामुखले संसदको कारवाही अगाडि बढाउने जनाइएको छ ।आफुले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना सभामुखले नटासेसम्म संसद्को अवरोध जारी राख्ने एमालेले बताउँदै आएको छ ।

एमालेले १४ सांसद् पदमुक्त गरेको सूचना टाँस गर्न नसके सभामुखले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ । आजको बैठकमा संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६/७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नियमित रुपमा संसदमा नाराबाजी गर्दै आए पनि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कामकारबाही सञ्चालन गर्दै आएका छन ।

  • १९ आश्विन २०७८, मंगलवार ०८:५२ प्रकाशित