८० हजार नगद सहित १८ जुवाडे पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको छुट्टाछुट्टै स्थानबाट गरि १८ जुवाडे पक्राउ परेका छन् । ८० हजार १२० नगद सहित उनीहरु पक्राउ परेका हुन् ।

पोखरा महानगरपालिका–१९ गैरीखोरकी बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा ९ जना हिजा(आइतबार) साँझ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

लामाचौर बस्ने अन्नपूर्ण गाउँपालिका घर भएका ६२ वर्षीय याम गुरुङ लगायत अन्य ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । अन्य ८ को नाम प्रहरीले खुलाएको छैन । उनीहरुको साथबाट नगद ३४ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

यस्ते पोखरा १९ लामाचौर बस्ने हरिमायाँ पुनको घरमा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने माछापुच्छ्रे गाउँपालिका घर भएका २७ वर्षीय राजु पुन लगायत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • १८ आश्विन २०७८, सोमबार १४:५० प्रकाशित