विवाहको उमेर १८ मा झार्न सांसदको प्रस्ताव ! लिभिङ टुगेदर पनि दर्ता गर्नुपर्नेमा जोड

केन्द्रभाग मिडिया

काठमाडौं ।

सांसदहरुले बिबाहको उमेर हद कम गर्न प्रस्ताव गरेका छन् । सांसदहरुले अब १८ वर्षमा नै विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको वैठकमा बलात्कारसँग सम्बन्धित कानुनका विषयमा छलफलमा सांसदहरुले कानुनले १८ वर्षमा वालिग हुने व्यवस्था गरिसकेपछि विवाह गर्नका लागि उमेर हद तोकिरहनु नपर्ने धारणा व्यक्त गरेका हुन् ।

सांसदहरु नेपाली कांग्रेसका मीन विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण, नेकपा माओवादी केन्द्रका मातृका यादव र नेकपा एमाले सांसद तथा समिति सभापति कृष्णभक्त पोखरेलले यस्तो प्रस्ताव गरेका हुन् ।

‘अब बिबाहको उमेर १८ मा झार्नुपर्छ’ सभापति पोखरेलले भने ।हाल नेपालको कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ ।

सांसद मातृका यादवले भने लिभिङ टुगेदर विवाह पनि दर्ता गर्नुपर्ने धारणा राखेका छन् । उनले लिभिङ टुगेदर अस्थायी विवाह भएको बताउँदै पछि परिवार मानेन भन्ने  वहानामा तोडिन सक्ने भएकाले यसको पनि दर्ता गर्नुपर्ने बताएकी हुन्

  • १८ आश्विन २०७८, सोमबार १४:०३ प्रकाशित