उपचारपछि निवास फर्किए नेपाल , अझै केही दिन आराम गर्नुपर्ने

केन्द्रभाग मिडिया

तस्बिर : माधव नेपालका स्वकीय सचिव मोहन गौतमको फेसबुकबाट

पोखरा ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् । अध्यक्ष नेतपाल आज उपचार पछि कोटेश्वर स्थित निवास फर्केको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।

गत असोज १३ गतेदेखि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएर उपचार गराइरहेका थिए । चिकित्सकहरूले अध्यक्ष नेपाललाई केही दिन घरमै आराम गर्न भनेका छन् । ‘अध्यक्ष नेपाल उपचार पछि आज निवासमा फर्कनुभएको छ । तर, केही दिन चिकित्सकले आराम गर्न भनेकाले उहाँले घरमै आराम गर्नुहुनुेछ,’ उनले भने ।

अध्यक्ष नेपाललाई ज्वरोलगायत समस्या देखिएको थियो । उनलाई कोरोना परीक्षण गरे पनि नेगेटिभ आएको थियो । अध्यक्ष नेपाल विहान १० : ३० बजे निवास फर्केका हुन् ।

  • १८ आश्विन २०७८, सोमबार ११:०९ प्रकाशित