सस्तोमा जग्गा पास गरिदिन्छु भन्दै ठग्ने लेखन्दास पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

जग्गा पास गरिदिन्छु भन्दै ठग्ने एक लेखन्दास पक्राउ परेका छन् ।

जग्गा पास गरिदिन्छु भनेर रकम ठग्ने पोखरा महानगरपालिका वडा नं २३ चापाकोट घर भई हाल र्पस्याङ बस्ने ५६ वर्षीय मातृका बस्ताकोटी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरा १५ टुटुङ्गा स्थित सन्तु ढकाल पौडेलको नाममा रहेको जग्गा मनहरी तिमिल्सिनाले किन्न लागेकोमा उनले छिटो र सस्तोमा पास गरिदिन्छु भन्दै २५ हजार रुपैयाँ लिई ठगी गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवास हमालले जनाएका छन् ।

लालपुर्जा पनि उपलब्ध गराइदिन्छु भन्दै नगद लिएका वस्ताकोटीले रकम पाएपश्चात भने जग्गा पास नगरि दिएको पीडितको आरोप छ । पीडितको आरोप पश्चात वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई ठगेको रकम सहित पक्राउ गरेको हो । उ

नी माथि ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसूरमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

  • १८ आश्विन २०७८, सोमबार ०९:४९ प्रकाशित