१ के.जी गाँजासहित अजय घर्ती पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा एक युवक अवैध गाँजासहित पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–३० पावर हाउस चोकबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित पाल्पा माछागढी गाउँपालिकाका २१ वर्षीय अजय घर्ती मगर पक्राउ परेका हुन् ।

काठमाडौंबाट पोखरातर्फ आइरहेको बा १ ख ९७१५ नम्बरको बसमा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अजयलाई गएराती गाँजासहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १७ आश्विन २०७८, आईतवार १५:०२ प्रकाशित