माओवादीको स्थायी कमिटी बस्दैँ, यस्तो छ मन्त्री बन्नेको लिस्ट

केन्द्रभाग मिडिया

काठमाडौं ।
पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नामका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।

गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले हालसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । सरकारलाई पूर्णता दिन नसकेपछि गठबन्धनभित्रैबाट आलोचना भइरहेको छ ।

सरकारमा हाल माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । यसैगरी कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री, बालकृष्ण खाँण गृहमन्त्री, डा. नारायण खड्का परराष्ट्रमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् । अब थपिनेमा उपाध्यक्ष नारायण काजी श्रेष्ठ, प्रवत्ता कृष्ण बहादुर महरा, देवेन्द्र पौडेल, दिननाथ शर्मा, रामनारायण विडारी लगायतको नामा चर्चामा छ ।

गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी हालसम्म एक जनालाई पनि सरकारमा पठाएका छैनन् । यसअघि शनिबार बसेको स्थायी समितिको बैठकमा अन्य विविध विषयमा छलफल गरे पनि मन्त्रिपरिषद्‍मा सहभागी हुने नेताहरूको बारेमा आजको बैठकमा छलफल गर्ने सहमति बनेको प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए ।

  • १७ आश्विन २०७८, आईतवार १३:४३ प्रकाशित