यही अवस्थामा संसद् चलाउने कुरा त हाँस्यास्पद हुन्छः पोखरेल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले माधव नेपालले पार्टी विभाजन गर्दा एमालेलाई नगन्य रुपमा असर परेको बताएका छन् । हिजो उनले विभाजनले फाईदा नभएपनि असर भने नगन्य रुपमा परेको बताएका हुन् ।

माधव नेपालले आगामी निर्वाचनमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने भनेर गरेको टिप्पणीमा आफूले कुनै प्रतिटिप्पणी नगर्ने बरु चुनावसम्म पर्खन भनेका छन् । उनले आफूले सभामुख अग्निप्रसाद सापकोटासँग हिसाब खोज्ने चेतावनीसमेत दिए ।

उनले वर्तमान संसद्ले निकास नदिने पनि दाबी गरे । उनले भने,‘यो संसदले के डेलिभरी गरिरहेको छ रु यही नालायकीका साथ चलाउने कुरा त हाँस्यास्पद हुन्छ ।’

उनले एमालेले संसदीय मर्यादामाथि आँच आउने काम नगरेको जिकिर गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री पठाएर आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद थालेकोलाई सकारात्मक कदमको संज्ञा दिएका छन् ।

  • १७ आश्विन २०७८, आईतवार १३:४३ प्रकाशित