एमाले विधान महाधिवेशन आज सकिदैँ : नेताहरुको सुझावमा अध्यक्ष ओलीले जवाफ दिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ ।

राजनीतिक र साङ्गठानिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पारित गर्दै विधान महाधिवेशन सकिने जनाइएको छ। बिहान ८ बजेदेखि नै बाँकी रहेका पाँच समूहले सुझाव प्रस्तुत गरिरहेका छन्

आज प्रदेश नं। २, गण्डकी प्रदेश, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसङ्गठन तथा प्रवासका समूह नेताले तीन वटै प्रतिवेदनमा आआफ्नो समूहकोतर्फबाट सुझाव राखिरहेका छन् ।

राजनीतिक प्रतिवेदनमाथि प्राप्त सुझावमा पार्टी अध्यक्ष ओलीले, साङ्गठानिक प्रतिवेदनमा महासचिव पोखरेलले र विधान संशोधनमा उपमहासचिव पौडेलले जवाफ दिनेछन्।

अस्ति शुक्रवारदेखि सुरु भएको विधान महाधिवेशनमा ६ हजार ३४७ जना प्रतिनिधि सहभागी भएका छन् ।

  • १७ आश्विन २०७८, आईतवार ०९:३२ प्रकाशित