ओलीको टिप्पणी : पार्टी फुटाउने माधवलाई साथ नदिने नेताहरुको निर्णय स्वागतयोग्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई साथ नदिने नेताहरुको निर्णय स्वागतयोग्य भएको बताएका छन् । एमाले फुटाउने मुख्य योजनाकार नै माधवकुमार नेपाल भएको आरोप लगाउँदै उनको योजनालाई इन्कार गरेर नेताहरुले स्वागतयोग्य काम गरेको टिप्पणी गरे ।

अध्यक्ष ओलीले नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरूले स्वागतयोग्य काम गरेको टिप्पणीसमेत गरेका हुन् ।

‘पार्टी एकता जोगाउनका लागि सहमति गर्ने प्रयास गरिरहँदा पनि हरहालतमा पार्टी टुक्रयाई छाड्ने माधव नेपालको योजना स्पष्ट भएपछि पार्टीभित्रको अन्तरसङ्घर्षमा साथमा रहनुभएका धेरैजसो कमरेडले त्यसलाई अस्वीकार गरेर एकताको पक्षमा उभिनुभएको छ । यो स्वागतयोग्य निर्णय हो ।’ पार्टीको जारी विधान अधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले भने

अध्यक्ष ओलीले पार्टीको एकतालाई जोगाउनका लागि माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापालगायतका नेताहरूले सकारात्मक योगदान पुर्‍याएको पनि स्पष्ट पारे ।

  • १५ आश्विन २०७८, शुक्रबार १६:१९ प्रकाशित