प्रदेश २ : असोज २० गते विश्वासको मत लिदैँ मुख्यमन्त्री राउत

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले विश्वासको मत लिने भएका छन् । उनी मुख्यमन्त्री निर्वाचित भएको दल जनता समाजवादी दल विभाजित भएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज २० गतेको लागि प्रदेश सभाको विशेष अधिवेशनमा उनले विश्वासको मत लिने बताइएको छ । असोज २० गते प्रदेश सभा अधिवेशन आह्वानको लागि बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

१०४ सदस्यीय प्रदेश सभामा जसपाका ३९, कांग्रेसका १९, माओवादीका ८ सांसद छन् । नेकपा एकीकृत समाजवादीका १३ सांसद छन् ।

संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भए वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।

  • १३ आश्विन २०७८, बुधबार १४:०७ प्रकाशित