काठमाडौं ।
सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताबीचको छलफल कल५ मन्त्री बन्नेको टुंगो लागेको हो । कांग्रेसमा नेता पौडेल र कृष्ण सिटौलालाई भागबन्डाका आधारमा मन्त्री दिइएको छ ।
कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्री र एउटा राज्यमन्त्री पाएको छ । अहिले कांग्रेसबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री डा. नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन् ।
अब कांग्रेसबाट तीन मन्त्री बन्ने छन् । जसअनुसार पौडेल समूहबाट दुई र सिटौला समूहबाट एकजना मन्त्री बन्दैछन् । कांग्रेस स्रोतका अनुसार रामचन्द्र पौडेल समूहबाट दिलेन्द्रप्रसाद बडू र डा. मिनेन्द्र रिजाल मन्त्री बन्ने भएका छन् ।
कृष्णप्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एकजना मन्त्री बन्ने भएका छन् । तर, कांग्रेसबाट मन्त्री बन्नेहरूको मन्त्रालय भने टुंगो लागिसकेको छैन । गठबन्धनमा आबद्ध दलहरूसँगको छलफलपछि मात्रै मन्त्रालयको टुंगो लाग्ने भएको छ ।