नागरिक समाजबाट शम्भु थापालाई मन्त्री बनाइँदै

केन्द्रभाग मिडिया

काठमाडौं।

सरकारले नागरिक समाजबाट दुइजनालई मन्त्री बनाउने तयारी गरेको छ । गठबन्धनमा यस विषयमा छलफल भएको बुझिएको छ । मन्त्री हुनेमा वरिष्ठ अधिवक्ता शम्भु थापाको नाम अगाडी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिक समाजका अगुवाका रुपमा उनलाई मन्त्री बनाउन लागेको बालुवाटर स्रोतले जनाएको छ ।

थापालाई मन्त्री बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बिच सहमती भइ देउवालाई जानकारी गराइसकेका छन्। देउवा पनि थापालाई मन्त्री बनाउन सहमत भएको स्रोतले बतायो ।

प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध शम्भु थापा कानुनी लडाईंमा अग्रपंक्तिमा थिए । उनले विघटनविरुद्ध नागरिक तहमा जनमत बनाउन पनि भूमिका खेलेका थिए ।

 

 

  • १२ आश्विन २०७८, मंगलवार १५:४२ प्रकाशित