कांग्रेस महामन्त्री खड्का अस्पताल भर्ना

केन्द्रभाग मिडिया

काठमाडौँ ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई अस्पताल भर्ना गरिएको छ । कोरोना संक्रमण भई होमआइसोलेसनमा बसेका खड्कालाई सशस्त्र प्रहरी बलको कोरोना विशेष अस्पताल भर्ना गरिएको छ ।

कोरोना संक्रमणपछि ५ दिनदेखि होम आइसोलेनमा उपचाररत खड्कालाई मंगलबार ‘अब्जरभेसन’ को लागि अस्पताल भर्ना गरिएको हो ।

अक्सिजन लेभल सामान्य भए पनि नाडीको गति घटेको र रक्तचाप बढेकोले अस्पताल भर्ना हुनु परेको खड्काले आफ्नो फेसबुक पेजबाट जानकारी दिएका छन् ।

  • १२ आश्विन २०७८, मंगलवार १५:१९ प्रकाशित