देउवालाई ओलीको सन्देश: राजनीतिक दलसम्बन्धी अध्यादेश ‘षड्यन्त्र र बद्नियतपूर्ण भएको पुष्टि भयो’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले भदौ २ गते जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश षडयन्त्रपूर्ण र बद्नियतपूर्ण रहेको पुष्टि भएको बताएका छन् ।ओली एमाले पार्टी फुटाउने प्रयोजनकै लागि अध्यादेश जारी भएको पुष्टि भएको बताएका हुन ।

मंगलबार बिहान कानुन, संसदीय तथा न्याय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा अध्यक्ष ओलीले उक्त अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दल विरुद्धको षड्यन्त्र भएको बताएका हुन्

ओलीको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा ओलीको सन्देश उद्धृत गर्दै भनिएको छ, ‘सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बद्नियतपूर्ण रहेको पुष्टि भएको छ । चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने कामप्रमुखप्रतिपक्षीदलका विरुद्धको षडयन्त्र थियो, जुन संविधानविपरीत थियो ।’

त्यस्तै संसद् अधिवेशन चलिरहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद्बाहे अन्यत्रबाट हुन नसक्ने पनि ओलीको सन्देश छ ।अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दूःषित मनसायबाट अभिप्रेरित, दलीयव्यवस्था र प्रमुखप्रतिपक्षी दलविरुद्ध लक्षित छ भन्ने कुरा प्रस्ट  भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • १२ आश्विन २०७८, मंगलवार १३:४९ प्रकाशित