काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने नेताहरुको नाम टुँगो लगाएको छ । सत्तापक्षीय गठबन्धनले नेकपा (एकीकृत समाजवादी) लाई ६ वटा मन्त्रालय दिएको छ ।
मन्त्रालय भागबण्डाको टुँगो लागेपछि अध्यक्ष नेपाल पार्टीबाट क–कसलाई सरकारमा पठाउने भनेर हिजो बेलुकादेखि नै आन्तरिक छलफलमा जुटेका थिए । अध्यक्ष नेपालले विरोध खतिवडाको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउँदैछन् ।
खतिवडासँगै प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र किसान श्रेष्ठको नाम तय भएको छ । प्रधानामन्त्री शेरबहादुर देउवाले सकेसम्म आज–भोलि नै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।
सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसगै राष्ट्रिपतिले खारेज गरिसकेकी छन् ।
सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ । यस्तै, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले ६–६ मन्त्रालय लिने सहमति बनेको छ ।