पशुपतिनाथका साधुमाथि खुकुरी प्रहार, १२ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंमा साधुमाथि खुकुरी प्रहार भएको छ ।

काठमाडौंको पशुपतिनाथ क्षेत्रमा साधु सन्तोष बाबामाथि बिहान ५ बजे खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।घाइते साधुको वीर अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार विहान शौचालय जाने क्रममा साधुलाई अज्ञात व्यक्तिले पेटमा खुकुरी प्रहार गरेका थिए ।घटनामा संलग्न रहेको आशंकामा १२ जना पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

  • ११ आश्विन २०७८, सोमबार १६:४१ प्रकाशित