गण्डकीका तीन सहित अन्य २१ जिल्लामा असोज १८ गते काँग्रेसको जिल्ला अधिवेशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले हिमाली जिल्लामा दशैंअघि जिल्ला अधिवेशन गर्ने भएको छ । काँग्रेसले गण्डकी प्रदेशका तीन जिल्लासहित २१ हिमाली जिल्लामा यही असोज १८ गते जिल्ला अधिवेशन गर्ने भएको हो

हिउँ पर्ने र चिसो पनि बढ्ने सम्भावना रहेकोले दसैं अगाडि नै २१ हिमाली जिल्लामा अधिवेशन गर्न लागिएको हो।

कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्लामा जिल्ला अधिवेशन गर्ने र पहाडी तथा तराईका जिल्लामा दसैंलगत्तै अधिवेशन गर्ने तयारी गरेको छ। अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिले तयारी थालिसकेको छ।

जिल्ला अधिवेशन हुने जिल्लाहरुमा ताप्लेजुङ, संखुवासभा, दोलखा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, म्याग्दी,  डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, र  रुकुम पूर्व रहेको छ ।

यस्तै गोरखालगायत जिल्लामा मंगलबार प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन लागेको छ। असोज १५ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने र असोज १८ मा जिल्ला अधिवेशन गर्ने तयारी छ।

दुई निर्वाचन क्षेत्र भएका जिल्लामा सभापति पदको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुनुपर्छ भने एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय प्रतिनिधि नै सभापतिको उम्मेदवार हुन पाउँछन्।

  • ११ आश्विन २०७८, सोमबार १६:३३ प्रकाशित