एमाले उपाध्यक्ष भीम रावल केन्द्रीय कमिटी बैठकमा अनुपस्थित

केन्द्रभाग मिडिया

काठमाडौं ।
१० बुदेँ कार्यान्वयन नभएको भन्दै असन्तुष्ट रहेका एमाले उपाध्यक्ष भीम रावल केन्द्रीय कमिटी बैठकमा अनुपस्थित भएका छन् । आइतबार विहान ११ बजेबाट सुरु भएको बैठकमा रावल भने अनुपस्थित छन् ।

शुक्रबारको केन्द्रीय कमिटी बैठकमा १० बुँदे कार्यान्वयनबारे प्रश्न गरेका रावललाई अध्यक्ष ओलीले केन्द्रीय कमिटीकै बीचमा स्थायी समिति बसेर त्यसबारे आवश्यक निर्णय गर्ने बताएका थिए । तर, ओलीले आइतबार केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी गरिरहेका बेला आइतबार विहानसम्म पनि स्थायी समिति नबोलाएपछि रावल बैठकमा अनुपस्थित भएका हुन् ।

बैठकमा आगामी असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि शुक्रबारदेखि सुरु भएको बैठकमा छलफल भएको थियो । १० वटा समूह बनाएर उक्त प्रतिवेदनबारे सुझाव आएको थियो ।

आज १० वटा समूहबाट आएका सुझावमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिएका छन् ।

  • १० आश्विन २०७८, आईतवार १५:३४ प्रकाशित