भ्रमणका लागि स्कटल्याण्ड जादैँ प्रधानमन्त्री देउवा

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमणका लागि स्कटल्याण्ड जाने भएका छन् । उनको यो पहिलो विदेश भ्रमण हो । स्कटल्याण्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्याण्ड जान लागेका हुन्।

बेलायती कूटनीतिज्ञ एवं कोप–२६ का एसिया प्यासिफिकका एम्बासडर केन ओ फ्लाहरटीले कोपमा सहभागी हुने विषयमा प्रधानमन्त्री देउवासँग छलफल गरेका छन्।

बिहीबार मुख्य सचिव शंकदार बैरागीसँगको भेटपछि फ्लाहरटीले नेपालको तर्फबाट जलवायु परिवर्तन सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागी हुने उल्लेख गर्दै ट्विट गरेका थिए।तर भ्रमणबारे मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेको बताइएको छ । ग्लोबल लिडर समिट नोभेम्बर १ र २ तारिखमा हुँदैछ ।

त्यसमा विश्वभरका राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी हुनेछ। प्रधानमन्त्री देउवा सोही समिटमा सहभागी हुनु हुनेछ।

  • ८ आश्विन २०७८, शुक्रबार १६:४७ प्रकाशित