गण्डकी: २४ घण्टामा २२१ संक्रमित सन्चो भए, १७३ जनामा संक्रमण पुष्टि

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २२१ जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । सोही समयमा १७३ जना संक्रमित थपिएका छन ।

संक्रमित हुनेमा कास्कीका १२८ जना,म्यादीका ३, पर्वतका १, गोरखा १, लमजुङका १६, तनहुँका ८, बागलुङका १, स्याङ्जाका १० र नवलपरासीका ५ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

८८ जना महिला र ८५ पुरुष गरी सो संख्या कारोना संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ८४ हजार ७ सय ६१ पुगेको छ ।

यस्तै प्रदेशमा आज एक संक्रमितको निधन भएको छ । स्याङ्जा अर्जुन चौपारी गाउँपालिका १ की ५६ वर्षीय कोरोना संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएसगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ५० पुगेको छ । भने कोरोनाबाट निको हुनेको संख्या प्रदेशमा ८२ हजार १५६ पुगेको छ ।

हाल प्रदेशमा १ हजार २ सय ५५ संक्रिय संक्रमित रहेका छन् । ती मध्ये १ हजार ९२ जना होमआइसोलेसनमा रहेका छन् ।

  • ६ आश्विन २०७८, बुधबार १७:५५ प्रकाशित