२४ घण्टामा संक्रमित भन्दा निको हुने धेरै, १२ संक्रमितको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१३ कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा थपिएका संक्रमित भन्दा झण्डै दोब्बर संख्यामा संक्रमणमुक्त भएको बताएको छ। सोही समयमा ७३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर हालसम्म गरिएको परीक्षणमा ७ लाख ८४ हजार ५६६ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ९८६ जनामा संक्रमण पुष्टि भएको छ ।अहिलेसम्म संक्रमितमध्ये ७ लाख ४९ हजार ३१३ जना संक्रमणमुक्त भएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ११ हजार ४० पुगेको छ । हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेका छन् भने ११७ जना भेन्टिलेटरमा रहेका छन् ।

  • ३ आश्विन २०७८, आईतवार १६:५४ प्रकाशित