काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषदले चाँडै पूर्णंता पाउने बताएका छन् ।
नयाँ बानेश्वरको अलोकनगरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।
उनले भने, ‘हामी सरकारमा जान आजै भने आजै, भोलि भने भोलि नै तयार छौँ। आशा गरौँ यो हप्ताभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ।’ आफ्नो पार्टी मन्त्रिपरिषद बिस्तारको ढिलाईको कारक नभएको नेपालले बताए ।
अध्यक्ष नेपालले नेकपा(एस) देशभक्तिपूर्ण स्वाभिमानी शक्तिको रुपमा उभिने दाबी गरे । नेकपा एमालेमा वैचारिक विचलन आएको बताउदै नेपालले नेकपा (एस) नविन सोच र मान्यताका साथ अघि बढ्ने बताए ।
नेपाल नेतृत्वको नेकपा (एस) क्षितिजको नयाँ चम्किलो ताराको रुपमा उदाएको र यसले आमनागरिक र युवा वर्गमा आशा देखाएको उनले बताए ।