जेरुसेलम ।
पूर्वी जेरुसेलमको पुरानो सहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ ।
मास्क लगाएर मस्जिदभित्र ढुङ्गा मुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इजरायली प्रहरीले एक विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
जेरुसेलममा रहेका एएफपीका पत्रकारहरूले अल अक्सा मस्जिदभित्र बुधवार बिहानैदेखि झडप भएको बताएका छन् । मस्जिदमा प्यालेष्टिनी समूह हमासका कार्यकर्ताले आक्रमण गरेका उनीहरूले जनाएका छन् ।