पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको तेस्रो पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ ।

फोनिज संघीय समितिका सल्लाहकार हुम गुरुङ फोनिज संघीय समिति संगठन विभाग सदस्य आशिफ गुरुङ, संघीय सदस्य मिला दरै, फोनिज गण्डकीका इन्चार्ज एमबी आस्थामगर तथा गण्डकी प्रदेशका विभिन्न जिल्लाका अध्यक्षहरुको सहभागितामा पोखरामा तेस्रो पूर्ण बैठक सम्पन्न भएको हो ।

सो बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको बताउदै ७ सदस्यीय सल्लाहकार चयन गरेको महासचिव धन बहादुर गुरुङ (सुमन) ले जानकारी दिए ।

उनका अनुसार सल्लाहकारमा अधिवक्ता सुरेन्द्र थापामगर, अधिवक्ता जुनाकुमारी गुरुङ, अधिवक्ता मनोज घर्तीमगर, अग्रज पत्रकार दीपेन्द्र श्रेष्ठ, पत्रकार शान्ती गुरुङ, रुद्र बहादुर हितानमगर र राज बहादुर गुरुङलाई चयन गरिएको हो ।

यस्तै सो बैठकले विभिन्न ६ विषयगत समिति गठन गरि विभिन्न पदाधिकारीलाई नेतृत्वको जिम्मेवारी दिएको गुरुङले बताए । उनले संगठन विभाग प्रमुख सचिव विजय रानालाई चयन गरेको जानकारी दिए ।

महासचिव गुरुङका अनुसार प्रशिक्षण विभाग प्रमुखमा उपाध्यक्ष खिमा गुरुङ, महिला विभाग प्रमुखमा उपाध्यक्ष सूर्य कुमारी महतो, अनुशासन विभाग प्रमुखमा सदस्य मणिलाल गुरुङ, जनसम्पर्क तथा प्रकाशन विभाग प्रमुखमा सचिव अर्जुन गाहा (सुशान्त) मगर र आर्थिक विभाग प्रमुखमा कोषाध्यक्ष रत्ना गुरुङलाई चयन गरिएको थियो ।

  • १८ चैत्र २०७९, शनिबार १५:५४ प्रकाशित