पोखरा ।
पोखरामा एउटै डोरीमा महिला र कुकुर झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १७ फुस्रेखोलामा आज बिहान करिब ८ बजेतिर रुखमा झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएको कास्कीका डिएसपी सुवास हमालले बताए । पासो लगाएर रुखमा महिला झुन्डिएको अवस्थामा देखेपश्चात स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले खबर गरेलगत्तै प्रहरी घटनास्थलमा पुगेको डिएसपी हमालले बताए । डिएसपी हमालको अनुसार महिलासँगै कुकुर पनि एउटै डोरीमा झुन्डिएको अवस्थामा भेटिएका छन् ।
पहिला कुकुरलाई झुन्ड्याएर ती महिला आफू पनि त्यही डोरीमा झुन्डिएको हुनसक्ने प्रहरीको अनुमान छ ।मृतक महिलाको नाम,थर र ठेगाना पहिचान हुन सकेको छैन ।
घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।